Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बढ्दो गुटबन्दीले माओवादीमा समस्या भएको प्रचण्डको भनाइ

बढ्दो गुटबन्दीले माओवादीमा समस्या भएको प्रचण्डको भनाइ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताएछन्।

आज सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै उनले पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताए।

अन्य प्रदेशमा गुटका कारण बोलचाल समेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताए।

स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उनको भनाइ छ।