Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अनधिकृत संरचना हटाउने अभियानबाट पछि हट्दैनौँ : बालेन

अनधिकृत संरचना हटाउने अभियानबाट पछि हट्दैनौँ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन्।

कार्यकालको १०० दिन पुगेको सन्दर्भमा सामाजिक सञ्जालमार्फतमार्फत ६ बुँदे स्पष्टीकरण प्रस्तुत गर्दै साहले आफूहरूप्रति रहेको विश्वास र समर्थनलाई निराश बन्न नदिने बताएका छन्।

उने आफू १०० दिनको दौडमा नभएको भन्दै ५ वर्षका लागि योजना रहेको उल्लेख गरेका छन्। उनले फुटपाथबाट मकैको ठेला हटाएको, ई–स्पोर्ट्सका लागि लागि एक करोड रुपैयाँ छुट्याएको, र्यापर यमबुद्धको शालिक निर्माण प्रसंग, आफू मद्यपान गरी सार्वजनिक कार्यक्रममा गएको भन्ने मिडियामा आएका कुरा, फोहोर व्यवस्थापनामा भएको ढिलाइ र अनधिकृत संरचना हटाउने विषयमा स्पष्टीकरण दिएका छन्।

यस्तै उनले अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता समेत जनाएका छन् ।