Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालुवाटारमा देउवा–प्रचण्ड वार्ता,के भयो त कुराकानी ?

बालुवाटारमा देउवा–प्रचण्ड वार्ता,के भयो त कुराकानी ?

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँडको सकस भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफल सीट बाँडफाटमा केन्द्रित भएको जनाएको हो। कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँड कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले आ–आफैनै दाबी पेश गरेका छन्। १६५ निर्वाचन क्षेत्रमा २ सय ३१ क्षेत्रका लागि आ–आफ्नै दाबी परेको छ।

कांग्रेसले १०० सिटमा दाबी गर्दा माओवादीले ६० सिट नछाड्ने अडान लिएको छ। त्यस्तै एकीकृत समाजवादीले उभ्रेको सिट नलिने भन्दै ४० सिट दाबी गर्दै आएको छ। यस्तै जनता समाजवादीले ३२ तथा राष्ट्रिय जनमोर्चाले दुईसिटमा दाबी गरेको छ।