काठमाडौं । लगातार ८ दिनको गिरावटपछि आज सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवासायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य ९३ हजार ३००, तेजावी सुनको मूल्य ९२ हजार ८०० र चाँदीको मूल्य प्रतितोला १११० रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सनुको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य एक हजार एक सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।
८ दिनसम्म निरन्तरको गिरावटपछि शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको थियो । यस्तै गत भदौ ९ गतेदेखि सुनको मूल्य पनि निरन्तर ओरालो लागेको थियो ।