काठमाडौं । नेकपा एमालेका महसचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको रहस्य खुल्दै गएको दाबी गरेका छन्।
आज कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिने क्रममा परमादेशको रहस्य खुल्दै गएको बताएका हुन्।
फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको आरोप लगाए। राणाको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको बताए। महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको उनको बुझाइ छ।
देशको अर्थतन्त्रको एकबर्ष अघि र अहिलेको अवस्थाकाबारेमा चर्चा गर्दै गठबन्धन सरकारको एकबर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नभएको बताए।