काठमाडौँ । तेस्रो दिन आज बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग भ्रामक र निर्थक रहेको बताएका छन् ।
दायित्वबाट नचुकेको उनको भनाइ छ। उनले न्यायीक नियुक्ति, सरुवा र काजमा एकरत्ती पनि आफू नचुकेको दावी गरे । संविधानले तोकेको दायित्व र कर्तव्यबाट एक इन्च पनि बाहिर नगएको उनको भनाई छ ।
संविधानको पालना गर्दागर्दै पनि राजनीतिक दलहरुले विज्ञप्ति निकालेर आफूमाथि प्रशोधन साँध्न खोजेको उनको आरोप छ । न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।