Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दै

नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दै

काठमाडौँ । नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ ।

नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ ।

आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ । तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।