Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रदेश-१, मधेस र वाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

प्रदेश-१, मधेस र वाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । आज देशको पूर्वी क्षेत्रको मौसम बदली रही प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बाँकी ठाउँमा भने सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पूर्वी क्षेत्रमा रहेकाले विशेषगरी अबको केही दिन पूर्वी क्षेत्रको मौसम बदली भइ पानी पर्ने सम्भावना छ ।

कर्णाली, सुदूरपश्चिमलगायतका ठाउँमा पानी पर्ने सम्भावना खासै छैन । यी प्रदेशमा दिउँसो चर्को घाम लाग्नेछ भने राति सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

आज दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी बाहेकका प्रदेशका धेरैजसो ठाउँको मौसम बदली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ।