Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ।

कार्यदलका सदस्य रकम चेम्जोङका अनुसार आजको बैठक साँझ ६ बजे बोलाईएको छ ।

हिजो दिनभर बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्ने भएको हो । आज सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी रहेको उनले बताएका छन् ।

उनका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आज नै प्रतिवेदन तयार पारिने उनले बताएका छन् ।

नेता चेम्जोङले आजसम्म टुंग्याउने गरी सोमबारको बैठक टुंगिएको जानकारी दिँदै सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको बताए ।