काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार १ सय २५ रुपियाँमा किनबेच भईरहेको महासंघले जनाएको छ ।