Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदै

राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय सभाका चार वटा विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ ।

विधायन व्यवस्थापन समिति, राष्ट्रिय सरोकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दिगो विकास तथा सुशासन समितिको सभापति चयनका लागि आज निर्वाचन हुन लागेको हो ।

सभापति चयनको लागि दिउँसो १ बजे सम्बन्धीत समितिमा मतदान हुने संसद् सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ ।

निर्वाचित सभापतिले आजै दिउँसो २ बजे सपथ ग्रहण गर्नेछन् ।