काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
आज प्रतितोला आठ सय रुपैयाँले मूल्य उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ८०० कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ३०० कायम भएको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ।
चाँदीको कारोबार मूल्य आज तोलामा एक हजार १३५ रुपैयाँ कायम भएको छ।