Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पछिल्लो २४ घन्टामा देशभर २२७ जना कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर २२७ जना कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २२७ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ४०१ जनामा गरिएको परीक्षणमा २२७ जना संक्रमित भेटिएका हुन्।

यही समयमा १६८ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ४७३ जना सक्रिय संक्रमित रहेका छन्।