Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दै

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

लीले अपराह्न प्रधानमन्त्री देउवासँग भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँग बालुवाटारमा दिउँसो ४ बजे भेट्ने तय भएको छ ।

प्रधानमन्त्रीलाई भेट्नुअघि उनले दिउँसो ३ बजेत परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।