Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाडौँ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश–१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद्को भनाई । आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।