Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रमुख दलहरुले आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै

प्रमुख दलहरुले आज समानुपातिक तर्फको बन्दसूची बुझाउँदै

काठमाडौँ । प्रमुख दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची आज बुझाउँदैछन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले आज सूची बुझाउन लागेका हुन् । प्रमुख दलहरुलाई आकाङ्क्षी धेरै हुँदा नाम टुङ्गो लगाउन सकस परेको छ ।

निर्वाचन आयोगले बन्दसूची बुझाउन हिजो र आजको कार्यतालिका बनाएकोमा पहिलो दिन हिजो साना चार दलले मात्रै बन्दसूची बुझाएका छन् । ठूला दल मात्रै होइन आकाङ्क्षी छान्न नसकेर जसपा, लोसपा र राप्रपाले पनि हिजो सूची बुझाउन सकेनन् । बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने हुनेछैन ।

आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् ।

निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ ।