काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने भएको छ ।
समानुपातिक सूची तयार गर्न आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने लागेको हो । समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ ।
जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन दिएको छ ।