Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गगन थापाको भनाइ

आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गगन थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन।

आज काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन्। उनले पार्टीहरू चुनाव जित्न केन्द्रीत भएको आरोप लगाए।

उनले राजनीतिक दल र व्यवस्था जनताको लागि नभएर निश्चित नेताको पद प्राप्तिका लागि उपयोग हुन थालेको भन्दै संघर्षका लागि तयार रहन आह्वान गरे ।

उनले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप समेत लगाए। थापाले अहिलेको सरकार डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न चुकेको पनि बताए।