Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराजा शाहद्वारा दशैँको शुभकामना

पूर्वराजा शाहद्वारा दशैँको शुभकामना

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई असफलतातर्फ धकेल्न नहुनेमा जोड दिएका छन् ।

आज भिडियो सन्देशमार्फत् दशैँको शुभकामना व्यक्त गरी उनले अहिले देशको राष्ट्रियता र इतिहास सर्वाधिक सङ्कटापन्न स्थितिमा रहेको समेत उल्लेख गरे ।

डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको अपरिहार्यता सिद्ध गरेको भन्दै उनले नागरिकको दैनिक जीवन नै अहिले सकसपूर्ण बनेको बताएका छन् । नेपाल निरन्तर विदेशीहरूको क्रिडाभूमि बनेको र अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाभित्र विवाद, विग्रह र विकृतिप्रति सर्वत्र प्रश्न उठेको टिप्पणी समेत गरेका छन् ।

पदलोभ, सत्तास्वार्थ र सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र नागरिकको हालत के होला ? भन्दै प्रश्न समेत गरेका छन् ।