Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि ठूलो पानी पर्ने सम्भावना

आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले पनि यी तीन प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । केही दिनयता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगातार ठूलो पानी परिरहेको छ ।

यी तीन प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको अनुमान रहेकाले बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा पनि भोलिदेखि क्रमिक रुपमा मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । गएको अक्टोबर २ अर्थात १६ गते नै मनसुन सकिनु पर्नेमा यसपालि मनसुन लम्बिएको छ।