काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ । ज्वरो र खोकी कम भएको छ ।
राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।
२३ असोजमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।