काठमाडौँ । सज्जनहरूको सम्झौता एक अनौपचारिक सम्झौता हो,जुन कानुनी रूपमा भने बाध्यकारी छैन। यो सामान्यतया मौखिक रूपमा बनाइन्छ तर पनि लिखित रूपमा राख्न चाहने हो भने पनि राख्न सकिन्छ। एक सज्जन सम्झौता भनेको अधिकार र दायित्वहरू कानुनी रूपमा लागू गर्न सकिँदैन भन्ने कुरा थाहा पाएर पक्षहरूले प्रवेश गरेको सम्झौता वा धेरै प्रस्तावहरू हुन्। आफ्नो अधिकार त्याग गर्नुहुन्छ र सम्झौताको उल्लङ्घन भएको अवस्थामा कानुनी प्रणालीलाई सम्झौताबाट बाहिर निकाल्नुहुन्छ भने यस्ता प्रकारका सम्झौताहरू अनुबंध कानूनले कभर गर्दैनन्।
आजभोली राजनीति वर्तमान पुस्ताले अपनाएको निरन्तरको झुट र भ्रमको खेती भएको छ । जनताको भावना माथि निरन्तर खेलवाड भइरहेको छ । देशमा चुनावी सरगर्मी बढेको छ । यस बर्ष सामाजीक सञ्जाल देखी आम सञ्चारका माध्यमलाई दशै तिहार भन्दा पनि बढी निर्वार्चनले छोयो । चोक देखी चियापसल सम्म राजनितिक बहस भइरहेको । गाउँघरतिर चुनावी अभियान पनि सुरु भै सक्यो । जब देशमा चुनावी माहोल सुरु हुन्छ तब नेताहरु भिजेको बिरालो जस्तै हरेक नेपालीका ढोका ढोका पुग्ने गर्छन । नेताहरु देशको विकास र जनताको भावना बुझ्ने भन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने होडबाजीमा छन् । एक्लै जित्न सम्भब नभए मन नमिल्ले संग पनि जर्बजस्ति मिलेर चुनाव लड्दै छन् । देशमा अब कुनै पनि राजनितिक दल चोखा रहेनन् । सबै मात्रै चुनाव जित्ते हेतुले विचार र सिद्धान्त नमिल्ने संग मिलेका छन् ।
नेपाली जनतालाई भ्रममा राखेर राजनितिको खोल ओडेका राजनितिज्ञहरुलाई अब ऐना देखाउने समय आएको छ । खाने दाँत र देखाउने दाँत फरक भएका यस्ता राजनितिज्ञहरुलाई परास्त गर्दै असल ब्यक्तित्व देश सञ्चालनका लागी पठाउने जिम्मा अब नेपाली जनताको हातमा आएको छ । देशमा मौलाउदै गएको भ्रष्टाचार र व्यतिथि विरुद्ध एक जुट भएर लड्नको लागी असल व्यक्ति छान्न जरुरी छ ।