काठमाडौँ । यसपालि मनसुनको अवधि लम्बिएको छ ।
नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन हालसम्म कायमै छ ।
मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई छ । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद्हाँले बताएका छन् ।
अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना छ ।