Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित

स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौँ । मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

मनाङ प्रदेश ख बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।

उनलाई आज निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मङ्सिर ४ गतेपछि मात्रै दिइने सिलवालको भनाई छ ।