Shares
Shares
काठमाडौँ । देशमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिदै छ । यतिबेला राजनितिक दलहरु चुनावी अभियानमा निस्कि सकेका छन् । मुलत यसपटकको निर्वाचन निकै प्रतिष्पर्धात्मक हुने देखिएको छ । पछिल्लो समय देशमा युवा नेतृत्व पनि निकै बढेको छ । देशको सेवामा लागेकाहरु पनि राजनीतिक मैदानमा उत्रिएका छन् ।
देशकै मुटु मानिने काठमाडौँमा पनि निकै हेभिनेट विभिन्न नेतादेखी सामान्य ब्यक्ति पनि निर्वाचनको दौडमा छन् । पुरानो नेतृत्वलाई भन्दा नयाँ नेतृत्व अगाडि आउनु पर्छ भन्ने धेरैको धारणा छ । प्रत्यक्ष तर्फको एक सय ६५ वटा निर्वाचन क्षेत्रमा २ हजार ४१२ जना उम्मेदवार चुनावी मैदानमा छन्। जसमध्ये २१ सय ८७ जना पुरुष र दुई सय २५ जना महिला छन्। त्यस मध्यपनि काठमाडौँ क्षेत्र नं १ यसपट निकै रोचक प्रतिष्पर्धा हुने देखिएको छ । निकै चर्चामा रहेका नेता आमुन्ने सामुन्ने हुदै छन् । काठमाडौं क्षेत्र नम्बर १ मा पूर्व डिआईजी रमेश प्रसाद खरेल, सामाजिक अभियान्ता पुकार बम, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह,नेकपा एमालेका युवा नेता किरण पौडेल र राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रकोबिचमा प्रतिष्पर्धा हुदै छ ।
सानो भूगोल तर ठूलो संख्यामा मतदाता रहेको क्षेत्र हो, काठमाडौं क्षेत्र नम्बर १ । काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा यस क्षेत्रमा पर्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ हजार १८ जना मतादाता छन् । २०७४ सालको तुलानामा यहाँ २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । काठमाडौं १ मा २०५१ देखि निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पुनः उम्मेदवारी दिएका छन् । २०५१, ०६४, ०७० र ०७४ मा उनी सांसद् निर्वाचित भइसकेका छन् । चार दशकदेखि राजनीतिमा सक्रिय सिंह पटक–पटक मन्त्री भएका नेता हुन् । तर, यसपट उनलाई निर्वाचन जित्न निकै चुनौतिको सामना गर्नु पर्ने भएको छ ।
यही क्षेत्रमा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि उम्मेदवार बनेका छन् । उनी नेपाल सुशासन पार्टी खोलेर राजनीतिक गतिविधिमा होमिएका हुन् । प्रहरी सेवाबाट राजानीमा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।
यस्तै वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता पुकार बम पनि यस क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका हुन् । पुकारले संविधानको व्यवस्थाअनुसार कार्यान्वयन नभएका नागरिकको जनजीविकाको परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले सक्षम, अनुभवी पुस्ता संसद्भित्र आउनुपर्ने, एउटै व्यक्तिले सिंहदरबारभित्र पहुँच र पद होल्ड गर्ने कार्य बन्द हुनुपर्नेजस्ता एजेन्डा अघि सारेका छन् ।
यता मिश्र पनि दोस्रो पटक यही क्षेत्रमा चुनाव लड्दैछन् । जसले गर्दा सिंहको बिरासत तोडिने हो की भन्ने धेरैको आशंका छ । अब देशमा अग्रपंक्तिमा बसेर इमानदारीका साथ जिम्मेवार, निष्ठा र विश्वसनीय नेतृत्व कर्ताको आवश्यकता छ । अब चुनावी अवधारणा फरक बनेको छ । आर्थिक र प्रशासनिक तथा व्यवस्थापकीय दृष्टिले संघीय संरचना बढी बोझिलो प्रणाली हो भन्ने कुरा अनुभव भैरहेको छ । व्यक्तिको अवधारणा, चरित्र, पद्धति, मूल्य र लक्ष्यको ज्ञान दिने, राजनीतिक नेताको सार्वजनिक रुपमै माग भै रहेको छ । यसैले पनि यसपटकको निर्वाचनमा एउटा सक्षम र सबल नेतृत्वलाई अगाडि बढाउनु आवश्यक छ ।
भक्त बहादुर के.सी
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209