Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सल्यानमा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु

सल्यानमा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु

काठमाडौँ । सल्यानमा अरिंगालले टोक्दा सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले तीनजनालाई टोकेको थियो। श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो।

शोभालाई भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

`