काठमाडौँ । सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गर्दैछ।
‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभा गर्न लागेको हो। पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरा र बुटवलमा सभा हुने छ। पोखरामा बिहान ११ बजे र दिउँसो २ बजे बुटवलमा सभाको आयोजना गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वपधानमन्त्री माधवकुमार नेपाल, जनमोर्चा तथा लोसपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।