काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा गठबन्धन रहरले नभई लोकतन्त्र र संविधान रक्षाका लागि गर्नुपरेको बताएका छन्।
तनहुँको व्यास नगरपालिका २ मा आज आयोजित कार्यक्रममा उनले गठबन्धनलाई दिगोरूपमा अगाडि लगे मात्र संविधानको रक्षामा सहयोग पुग्ने बताएका छन्।
हरेक नागरिकमा अनुशासन र आचरणमा राख्ने पद्धति आवश्यक पर्ने भन्दै पौडेलले गाउँमा रोजगारी र आम्दानीको अवसर सिर्जना गर्नुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले विगत केही दिनदेखि जिल्लाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट तीव्र पारेका छन्। यस क्रममा उनले व्यास, भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर मतदाता भेटघाट गरेका छन्।