Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकासहित देशका धेरै ठाउँको मौसम घमाईलो, बिहान बेलुका चिसो बढ्दै

उपत्यकासहित देशका धेरै ठाउँको मौसम घमाईलो, बिहान बेलुका चिसो बढ्दै

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

दिउँसो प्रदेश–१ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् सजिना शाक्य बताए । प्रदेश–१ का एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। अबको केही दिनको मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।

यस्तै, आज काठमाडौँ न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम आज ११ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । बिहानको न्यूनतम तापक्रम घटे पनि अहिले घाम लागेकाले न्यानो हुन थालेको छ ।