Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

७० प्रतिशत मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि आवश्यक मतपत्रमध्ये झण्डै ७० प्रतिशत मतपत्र छपाइको काम सकिएको छ ।

प्रत्यक्ष निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा प्रत्यक्ष प्रणाली दुवै गरी कुल संख्याको झण्डै ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ ।

प्रत्यक्ष प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको झण्डै चार करोड मतपत्र यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्क अनुसार चुनावमा एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् ।

अब ९ वटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएका मध्ये प्रदेश सभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ ।

अब प्रदेश सभाको ५ लाख ६८ हजार तथा प्रतिनिधि सभाको ५ लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ ।