काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।
उनले एक विज्ञप्ति जारी गरी आयोगलाई निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने चेतावनी दिएका हुन् ।
आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउने भन्दा पनि नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै उनले आयोगको विज्ञप्तिमा प्रकट भएको भाष्य र मनसायले त्यही पुष्टि गरेको दावी गरेका छन् ।