काठमाडौँ । सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।
कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो ।
सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ ।
भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।