Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो,पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो,पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै ठाउँमा प्रदूषणसहितको तुवाँलो लागेको छ ।

पानी पर्ने क्रम रोकिएसँगै तुवाँलो लागेको मौसमविद्ले बताएका छन् । नेपालकै केही ठाउँमा खेतमा पराल जलाउने र भारतबाट पनि प्रदूषणसहितको हावा नेपाल आउने क्रममा रहेकाले तुवाँलो र वायु प्रदूषण केही दिनमा झनै बढ्ने सम्भावना छ ।

यस्तै, आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश एक,बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ ।