चैत १२ ,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले कहिले निति मन्थन त कहिले उर्जा मन्थन बिभिन्न जिल्लामा पुगेर गर्दै आएका छन । कहिले पार्टीको मूल दस्तावेज निर्माणमा सहयोग पुग्ने भन्दै विषय विज्ञसँग त कहिले बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीतिबारे बहस गर्दै आएको छ । यसपटक भने राष्ट्रिय स्वतन्त्र पाटीले ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन गर्ने भएको छ ।
यो कार्यक्रमको नाम सुन्दा नै सबैलाई कौतुहलता पक्कै लाग्छ , किन कि कार्यक्रमको नाम आफैमा एउटा गम्भिर र निकै रोचक जस्तो बिषय भएको छ । खासमा काठमाण्डौको आखामा कर्णली कस्तो छ त ? काठमाण्डौ कर्णालीबासीको जिवनशैली धर्ती र आकाश भन्दा धेरै फरक रहेको छ । एउटा छुट्टै संसार परिवेशमा कर्णलीबासी छन भन्ने लाग्छ कर्णाली पुग्ने र त्यहाको जनजिबिका देख्नेहरुलाई ।
मानव विकास मापनको आधार क्रयशक्ति, शिक्षा र स्वास्थ्य स्थिति हो। यी सबै हिसाबले कर्णाली देशमै सबैभन्दा पछाडि परेको क्षेत्र हो। काठमाडौंबाट हेर्दा ’स्वर्ग’ ठानिने मुगुको रारा ताल मुगुबासीका लागि खासै महवको विषय बनेको छैन्। खान, लाउन र बिरामी पर्दा उपचार नपाउनेको जीवनमा मनोरञ्जनको आवश्यकता हुँदैन। लोकतान्त्रिक राज्यमा काठमाडौं र कर्णालीबासीको अधिकारमा कुनै अन्तर छैन।
कानुनी दृष्टिले समान छन् तर कर्णाली र काठमाडौंबीच असमानताको खाडल हेर्दा लाग्छ– काठमाडौं त के, पूर्वी पहाडभन्दा चार पुस्ता पछाडि छ कर्णाली। हो अब भने के राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न लागेको मन्थनले यि बिषयलाई छुन सक्ला त ? बुधबार विहान १० बजे नेपाल पर्यटन बोर्डमा ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन गर्दै छ । कर्णालीका मुद्दाबारे स्थानीयदेखि राष्ट्रियस्तरसम्म सार्थक बहसको उद्देश्यमा तीन महिने अभियानको पहिलो बिन्दुका रूपमा उक्त कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको छ ।
मन्थनमा प्रत्यक्ष सहभागी हुन चाहनेहरुले फर्म भर्नुपर्ने छ ।
रास्वपा सचिवालय बैठकले फागुन ६ गते कर्णालीका वडादेखि प्रदेशस्तरीय समिति र विभाग विघठन गरी तीन महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त अभियानका लागि सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा संयोजन समिति बनेको छ । फाल्गुनमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यो अभियानमा संसदमा कर्णालीका मुद्दाहरुलाई विशेष प्राथमिकतासाथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरुलाई व्यापक रुपमा अगाडि बढाइने महामन्त्री ढकालको भनाइ छ । स्थानीय सरकार, प्रशासन र समुदायबाट प्राप्त हुने सुझावका आधारमा कर्णालीका मुख्य मुद्दा–समस्याबारे बहस र पैरवीसहित समाधानमा अर्थपूर्ण खबरदारीको अगुवाई पनि गर्ने रास्वपा महामन्त्री मुकुल ढकालले बताएका छन ।