Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ओली र प्रचण्ड मिलेपछि गोकुल बास्कोटाको कटाक्ष:अन्तिम भोज नै त यो हैन होला ?

ओली र प्रचण्ड मिलेपछि गोकुल बास्कोटाको कटाक्ष:अन्तिम भोज नै त यो हैन होला ?

काठमाडौँ । एमाले र नेकपा बिच प्रदेशहरूमा सत्ता साझेदारी गर्ने सहमति भएपछि एमालेकै नेता गोकुल बास्कोटाले कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो गठबन्धन खोपी सत्ता भत्कने र बन्नेमा मात्रै सीमित भएको बताएका हुन् । 

उनले लेखेका छन्, ‘सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए । खोपी सत्ता किन बन्छन र भत्कन्छन ? ती सभाका केही सदस्य र खास नेता बाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो । हाँडी बोकेर स्वर्ग कि नर्क बतास झैँ बत्तिएका छन्। विजय मल्लको अन्तिम भोज नै त यो हैन होला ? अचम्म लाग्छ।’

uml_rJrHMw8efK.png
undefined