काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले कानुनी अवरोधका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै सरकारले कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताएकी छन्।
आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले देश विकासका लागि योजना मात्र नभई त्यसलाई कार्यान्वयन गर्ने उपयुक्त कानुनी आधार आवश्यक रहेको बताइन्।
उनका अनुसार सरकारले विकाससँग सम्बन्धित आवश्यक कानुन निर्माण र सुधारको काम अघि बढाइरहेको छ, जसले अब विकासका गतिविधि प्रभावकारी रूपमा अघि बढ्ने वातावरण बनाउनेछ।
मन्त्री गौतमले कार्यकर्तालाई व्यक्तिगत विषयभन्दा जनताका समस्या र आवश्यकताका मुद्दा सरकारसमक्ष ल्याउन आग्रह गर्दै जनहितका विषय समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।