काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्। एमाले–नेकपाबीच भएको सहमतिपछि कांग्रेसले सरकारमाथिको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।
कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सरकारमा छन्।
सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले आजै राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी भएको बताए। उनले कांग्रेस अब प्रतिपक्षमा बस्ने स्पष्ट पारे।