काठमाडौँ । मकवानपुरको हेटौँडा–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्। प्रारम्भिक रूपमा मृतकको पहिचान थाहा नगरपालिका–३ चित्लाङका आसमान गोपालीका रूपमा भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा ठूलो मात्रामा रगत फेला परेको छ। घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेकाले उनको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्यामबहादुर खत्रीको नेतृत्वमा घटनास्थलबाट प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक कारण, मृत्युको प्रकृति र फरार महिलाको संलग्नताबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।