Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

झापामा विद्युत् लाइन मर्मतका क्रममा सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु

झापामा विद्युत् लाइन मर्मतका क्रममा सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु

काठमाडौँ । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको नम्बर ३८ रिजर्भ गणभित्र विद्युत् लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक सशस्त्र प्रहरी जवानको ज्यान गएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय सुदिम खत्री बिहीबार साँझ करिब ५ बजे आन्तरिक विद्युत् लाइन मर्मत गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनालगत्तै उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।