काठमाडौँ । नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा तथा सम्पत्तिसम्बन्धी ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा ठगी कसुरमा मुद्दा दायर गरिएको हो। मुद्दा चलाइएकामा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरू रहेका छन्।
आरोपितमध्ये तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, पूर्वसचिव राजेन्द्रकुमार श्रेष्ठ, पूर्वसभापति ओमकृष्ण कर्माचार्य, पूर्वसभापति युरी कुमारी राई, पूर्वकोषाध्यक्ष दीपकदास श्रेष्ठ, पूर्वकोषाध्यक्ष प्रयागराज श्रेष्ठ, पूर्वसभापति भगवान शाक्य र पूर्वसल्लाहकार रामकृष्ण चित्रकार छन्।
सीआईबीका अनुसार प्रतिवादी बनाइएका आठ जनामध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन् भने बाँकी पाँच जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाइएको छ।