Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

नागढुंगा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुँदै

नागढुंगा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुँदै

काठमाडौँ । नागढुंगा सुरुङमार्ग आगामी साउन ११ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। सडक विभागका अनुसार आगामी सोमबार सुरुङमार्गको उद्घाटन कार्यक्रम आयोजना गरिनेछ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले सुरुङमार्ग उद्घाटनको तयारी भइरहेको जानकारी दिए पनि उद्घाटन कसले गर्ने भन्ने टुंगो लागिनसकेको बताए।

उनका अनुसार कार्यक्रममा पूर्वाधार मन्त्री वा मन्त्रालयका सचिवमध्ये कसले उद्घाटन गर्ने भन्ने निर्णय हुन बाँकी छ।

उद्घाटन समारोहमा जापानी सहयोग नियोग (जाइका) का अध्यक्ष, नेपालका लागि जापानी राजदूतलगायत उच्च अधिकारीहरूको उपस्थिति रहने बताइएको छ।