काठमाडौँ । सर्लाही प्रहरीले ३३० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा शनिबार डुमरियास्थित एक कुखुरा फर्ममा छापा मार्दा १९ वटा पोकामा लुकाएर राखिएको गाँजा बरामद गरिएको हो। सोही स्थानबाट करिब १३ क्विन्टल अदुवा र गाँजा ओसारपसारमा प्रयोग भएको बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद गाँजा, पिकअप गाडी र पक्राउ परेका राउतमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।