काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँ बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।