Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ वटा मुद्दा दायर

सम्पत्ति शुद्धीकरण विभागद्वारा ७ वटा मुद्दा दायर

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा ७ वटा मुद्दा अभियोजन गरेको छ। बिहीबार सार्वजनिक भएको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ भने करिब १ खर्ब १८ अर्ब पाँच करोड बराबरको बिगो दाबी गरिएको छ । 

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको छ। विभागले पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अध्ययन तथा अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ। यस्तै, अनुसन्धान तथा तहकिकातलाई पनि तीव्र पारेको हो ।