काठमाडौँ । शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ हजार ८०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा निर्धारण गरिएको छ। बिहीबार सुन दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदी चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ र चाँदी चार हजार ४८० रुपैयाँ रहेको थियो। मंगलबार भने सुन दुई लाख ८५ हजार ६०० रुपैयाँ र चाँदी चार हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।