Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

दीपक कार्कीले वन राज्यमन्त्रीको शपथ लिए

दीपक कार्कीले वन राज्यमन्त्रीको शपथ लिए

१२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराएका छन् । सोमबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीका सांसद कार्कीलाई वन तथा बातावरण राज्यमन्त्रीको शपथ गराएका हुन् ।

योसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । अब थप दुई राज्यमन्त्री थप गर्ने सुविधा प्रधानमन्त्रीलाई छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्रीको शपथ ग्रहण गराएका हुन् । यसअघि कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्रीमा नियुक्त गरिएको हो । उनी जसपाबाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।