चैत १३ ,काठमाण्डौ ।
’प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा रास्वपाबाट ४ जना सरकारका बिभिन्न मन्त्रालय सम्हालिरहेका छन । मन्त्रालय सम्हाले लगत्तै आआफनो ठाउबाट चारै जना कडा एक्सनका साथ उत्रिरहेका छन ।
यतिबेला रास्वपा पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री , उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रम, सांसद सुमना श्रेष्ठ शिक्षा र दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन । यि चारैजनाले गरेका कामहरुको चर्चा निकै भईरहेको छ । अब भने यि ४ मन्त्रालयको कामहरुलाई चुस्तदुरुस्त गतिमा अघि बढाउन पार्टीका बहस भईहरको छ । मन्त्रालयको कामलाई प्रभावकारी बनाउने गरि रास्वपाले सबै सांसद सग छलफल अघि बढाएको छ । यसैसन्दर्भलाई लिएर रास्वपाको आजको बैठकले एक बिशेष निर्णय र योजना बनाएको छ ।
रास्वपाका चार केन्द्रीय सदस्यले पार्टीले सम्हालेका मन्त्रालयको संयोजन गर्ने भएका छन । स्वर्णिम वाग्ले, मुकुल ढकाल, ,शिशिर खनाल र मन्त्रीहरूसहित मंगलबार बिहान बसेको बैठकले पार्टीले सम्हालेका मन्त्रालयको संयोजन जिम्मेवारी तोकेको छ । केन्द्रीय सदस्य गणेश कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि, सांसद असिम साहलाई युवा तथा खेलकुद ,सांसद गणेश पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सहप्रवक्ता प्रतिभा रावलले गृह मन्त्रालयको संयोजन गर्ने जिम्मा पाएकी छिन्। त्यस्तै सयोजन गर्ने जिम्मेवारी संगै यि मन्त्रालयको बैठकको लागि बार पनि निर्धारण गरिएको छ ।‘सोमबार युवा तथा खेलकुद, मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि, बुधबार श्रम र बिहीबार गृह मन्त्रालयको समूहको बैठक बस्ने जनाईएको छ ।
यसैबीच राष्टिय योजना आयोगको सदस्यमा नियुक्त भएका अरनिको पाँडेले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्। यसैबि यता कर्णालीका मुद्दाबारे स्थानीयदेखि राष्ट्रियस्तरसम्म सार्थक बहसको उद्देश्यमा तीन महिने अभियानको पहिलो बिन्दुका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले भोली चैत्र १४ गते बुधबार “काठमाडौँको आँखामा कर्णाली“ मन्थन गर्दैछ। भेली बिहान बिहान १० बजेदेखि नेपाल पर्यटन बोर्ड काठमाडौँ या् कार्यक्रम गर्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले कहिले निति मन्थन त कहिले उर्जा मन्थन बिभिन्न जिल्लामा पुगेर गर्दै आएका छन । कहिले पार्टीको मूल दस्तावेज निर्माणमा सहयोग पुग्ने भन्दै विषय विज्ञसँग त कहिले बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीतिबारे बहस गर्दै आएको छ । यसपटक भने राष्ट्रिय स्वतन्त्र पाटीले ‘काठमाडौँको आँखामा कर्णाली’ मन्थन गर्ने भएको छ । कर्णालीका मुद्दाबारे स्थानीयदेखि राष्ट्रियस्तरसम्म सार्थक बहसको उद्देश्यमा तीन महिने अभियानको पहिलो बिन्दुका रूपमा उक्त कार्यक्रम गर्न लागिएको रास्वपाले जनाएको छ ।
रास्वपा सचिवालय बैठकले फागुन ६ गते कर्णालीका वडादेखि प्रदेशस्तरीय समिति र विभाग विघठन गरी तीन महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त अभियानका लागि सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा संयोजन समिति बनेको छ । फाल्गुनमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले कर्णाली प्रदेशमा ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।