चैत १४ ,काठमाण्डौ ।
त्रिभुवन बिश्वबिद्यालयमा चरम लापरबाही भएको छ । लापरवाहील् पनि यति सिमा नाघेको छ कि कहिले विषय एउटा, प्रश्न–पत्र अर्र्को ,कहिले उत्तरपुस्तिका गायब , त कहिले परिक्षा दिएको डेढ बर्ष हुनै लाग्दा परिक्षाको नतिजा नै प्रकाश हुदैन । त्यसैले त त्रिवी बदनाम छ अनि बिद्यार्थीहरुको सडक आन्दोलन बढ्दो छ । केही दिन अघिमात्र स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका हराएको भन्ने खबर नसेलाउदै फेरि त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयमा अर्को विषयको पनि उत्तरपुस्तिका हराएको खुलासा भएको छ ।
अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका नै हराएको खुलासा भएको छ । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ । आखिर यसरी बारम्बार गल्तीहरु किन दोहेरि रहेको छ त ? यो संगै अन्य कमीकमजोरी किन सुध्रिन सकेको छैन त ? यो प्रश्न उठन थालेको बर्षौ बितिसेकेको छ । तर यो बिषयल उठने मात्र भएको छ यो बिषयमा न सुनुवाई राम्रो संग हुन सकेको छ न त यस बिषयमा सम्बन्धित निकाय गम्भिर हुन सकेका छन ।
यता अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको पुनः परीक्षा गराउने गरी गृहकार्य सुरु भएको छ । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो उक्त विषयको कुनै सूचना जारी नगरीकनै सम्बन्धित क्याम्पसमा जति परीक्षार्थी छन् त्यहीअनुसार प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी भएको हो ।
परीक्षाका प्रश्नपत्र निर्माणमा पटकपटक त्रुटी गरी चरम लापर्बाही गरेको भए पनि जिम्मेवार पदाधिकारीले दोषीलाई कुनै कारबाही नगरेको भन्दै विद्यार्थीहरू त्रिविको विकृतिका विरुद्ध आन्दोलनमा उत्रिेने गरेका हुन्छन । यसरी त्रिविले पटकपटक लापर्बाही गर्दै जाने र परीक्षा रद्ध हुँदा विद्यार्थीको भविष्य माथि नै गम्भीर खेलवाड भएको भन्दै त्रिविमा पनि तालाबन्दी हुदै आएको हुन्छन ।
परीक्षामा जस्तो संवेदनशील कार्यमा पनि त्रिविका पदाधिकारीबाट पटकपटक लापर्बाही हुने र दोषीलाई कारबाही पनि नहुने त्रिविका पदाधिकारीहरूको गैरजिम्मेवार रवैयाप्रति विद्यार्थीहरू आक्रोशित बनेको छन । यसले गर्दा बिद्यार्थीहरुको त्रिविप्रतिको बिश्वास हराउदै गएको छ । लामो सयमदेखी परिक्षाको परिक्षफ कुरिहरको बिद्यार्थीहरुलाई भने यस्ता खालका समाचारहरुले नकरात्मक रुपमा असर पर्ने गरेको छ । यता भने लाखौं विद्यार्थी भएको ठाउँमा केही उत्तरपुस्तिका हराउनु सामान्य त्रिबिका केही शिक्षकहरुले बताउदै आएका छन ।