चैत १४, काठमाडौँ
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक दिपक खड्कालाई थुनामा राख्नु गैरकानुनी भएको ठहर गरेको छ ।
सर्वोच्चका न्यायाधीश द्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार गैरकानुनी भएको ठहर गरेको हो । ‘निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम, कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनू भनी विपक्षीहरूका नाउँमा बन्दी प्रत्यक्षीकरण आदेश जारी हुने ठहर्छ।’ सर्वोच्चको आदेशमा भनिएको छ ।
अदालतको आदेशमा अंगरक्षकहरु खड्का र रामकुमार धिमाललाई मुलुकी अपराध संहिता २०७४ को दफा १३२ को कसुरमा पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको समेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आएको उल्लेख छ ।
आदेशमा मेड इन जर्मनी लेखिएको स्वचालित हतियार एक थान र त्यसको म्यागेजिन एवं १०० थान गोलीसमेत बरामद भएको देखिएकोमा जिल्लला प्रशासन कार्यालय झापाको २०७५ असार २१ गतेको निर्णयबाट सो हतियार तथा खरखजाना राख्न दुर्गा प्रसाईंले इजाजत प्राप्त गरेको देखिन आएको उल्लेख गरिएको छ । जिल्ला प्रशासन कायालय झापाको पाँच वर्ष अघि २०७५ असार २१ गतेको निर्णयबाट उक्त हतियार तथा खरखजाना राख्न दुर्गा प्रसाईले इजाजत प्राप्त गरेको देखिएको भन्दै यस्तो आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।
इजाजत पत्रमा उक्त हात हतियार नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर पनि हिड्न पाउने साथै प्रयोग गर्न पाउने भनी उल्लेख भएको देखिएको आदेशमा उल्लेख छ । उक्त इजाजतपत्र २०७९ पुष सात गते २०८१ असार मसान्तसम्म बहाल रहने भनेर नविकरण गरेको पनि पाइएको छ । उक्त इजाजतपत्रको बाहकमा निवेदन दिपक खड्काको नाम उल्लेख भएको र उनका साथ पक्राउ परेका रामकुमार धिमालसमेत इजाजतपत्रवालाको अंगरक्षक रहेको भन्ने मिसिल संलग्न निवेदनकको बयानसमेतका कागजातबाट देखिएको आदेशमा भनिएको छ ।
सर्वोच्चले हतियारका सम्बन्धमा आवश्यक छानबिन गर्न तथा अदालत, न्यायिक निकाय या अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा अविलम्ब आवश्यक कानूनी व्यवस्था गर्नू भनी गृह मन्त्रालयका नाममा पनि आदेश दिएको छ। अर्धस्वचालित हतियारसँगै १०० राउन्ड गोली पनि बरामद प्रहरीले बरामद गरेको थियो । अनुमतिप्राप्त भए पनि हतियार बोकेर निषेधित क्षेत्रमा गएकाले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख दीपक थापाले बताएका थिए । आफ्नो हंग रक्षक पक्राउ परे पछि दुर्गा प्रसाईले आक्रोस ब्यक्त गर्दै आएका थिए । उनीहरूले इजाजत प्राप्त हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै बन्दी प्रत्यक्षदर्शीको रिट दायर गरेका थिए।