Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

आईपीएलमा देखिएका दुई विवाद , जुन सोसल मिडियामा छन यति धेरै भाईरल

आईपीएलमा देखिएका दुई विवाद , जुन सोसल मिडियामा छन यति धेरै भाईरल

चैत १५ ,काठमाण्डौ ।

यतिबेला भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण जारी छ । यहि आइपिएलमा भएका २ क्रियाकलाप यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल भएको छ ।

हार्दिक पाण्डे र रोहित शर्माको फिल्डिङको बिषय अनि अर्को तिर आईपीएलमा भोजपुरी कमेन्ट्रीका क्रममा अश्लील भाषाको प्रयोग , हो यि बिषयको विवादलाइ लिएर यतिबेला क्रिकेट प्रेमी समर्थकहरुले आआफनो ठाउबाट टिकाटिप्पणी र भिडियोहरु भाईरल बनाई रहेका छन । अब शुरुमा कुरा गरौ हार्दिक पाण्डया र रोहित शर्माबिचको खासमा के भएको हो त विवाद । जुन विवादलाई लिएर यतिबेला हार्दिकको चर्को आलोचना भईरहेको छ । गुजरातविरुद्ध हार्दिकले फिल्डिङ मिलाउने क्रममा रोहित शर्मालाई औंला देखाउँदै यता उता जान भनेपछि अहिले निकै आलोचनाको बिषय यहि भएको छ।

रोहित शर्मालाई हात देखाउदै हार्दिकले दिएको निर्देशनको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, मुम्बईका पूर्व कप्तान रोहित शर्माको फिल्डिङ पोजिसन परिवर्तन गरेको बताइरहेको देखिन्छ र रोहित यता उता दौडिरहेको देखिन्छ । यस भिडियोलाई फ्यानहरूले सामाजिक सञ्जालमा सेयर गर्दै हार्दिकलाई ट्रोल गरिरहेका छन् ।

हार्दिकले दुई सिजन गुजरात टाइटन्सको कप्तानी गरेपछि मुम्बई फर्किएका थिए । कप्तान बनाए देखि नै मुम्बई इण्डियनका फ्यानले उनलाई मन पराएका छैनन् । हार्दिकले शुरु देखि नै आलोचना खेपिरहेको बेला पहिलो खेलमा हार बेहोरेपछि उनलाई झनै ट्रोल गरिएको छ । यस सिजनको आइपिएलको पहिलो खेलमा हार्दिकले गरेको कप्तानीको समेत निकै आलोचना भएको छ । चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनीपछि मुम्बईका रोहित शर्मा आईपीएलका सर्वाधिक सफल कप्तान हुन् ।

तर मुम्बईले रोहितसँग राम्रोसँग सल्लाह नगरी कप्तान परिवर्तन गरेको थियो । यता आईपिएलमा अर्का विवादित भएको बिषय हो ।

आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेनले मिड विकेटमा छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील भाषा प्रयोग गरेको आरोप लागेको छ। सोही भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अब विवाद पछि कुरा गरौ आज हुने आईपिएल खेलको बिषयमा । बिहीबार दुई फरक इतिहास बोकेका टोली राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदै छ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । राजस्थान रोयल्स आईपीएलको इतिहासमा पहिलो उपाधि विजेता टोली हो । अर्कोतिर, दिल्ली क्यापिटल्सले हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । जारी संस्करणमा पनि यी दुई टोलीबिच केही भिन्नता देखिएको छ ।